Headlines News :
KHABAR RAFTAR
सबै खबर एकै ठाउँ
समाचार
विजनेश
Goggle +
Contact on Facebook
Contact on Twitter
विचित्र संसार
साहित्य
अन्तराष्ट्रिय समाचार
चलचित्र
बिज्ञान-प्रबिधि
भिडियो
Mitos
Olahraga
Seksiologi
http://ustre.am/14Zmh
भिडियो
Berita Aneh
Dalam Negeri
Luar Negeri
Sejarah
Serba Serbi
Sosial Budaya
Topics :
Choose Categories
news (13)
international (3)
spot (1)
skip to main
|
skip to sidebar
Home
» » पहिलेका विरोधी, अहिलेका प्रशंसक
पहिलेका विरोधी, अहिलेका प्रशंसक
Written By P5 Nepal on Oct 15, 2013 | Tuesday, October 15, 2013
नेपालगन्ज, आश्विन ३० - कांग्रेस सभापति सुशील कोइराला बिरोधीका रुपमा उभिदै आएका यूवराज गौतम र गजेन्द्र हमालमा लामो समयपछि परिवर्तन देखिएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि बाँके कांग्रेस सभापति भएका गौतम र हमाल कोइराला बिरोधीका रुपमा चिनिन्थे । कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा पक्षधर मानिने गौतम र हमालले पहिलो पटक सार्वजनिक कार्यक्रमा कोइरालाको त्याग, निष्ठा र आदर्शको प्रसंसा मात्र गरेनन् उनीहरुले 'लोकतन्त्रका मसिहा'को सज्ञा दिए । पाँच दशक बढी समय राजनीतिमा बिताएका कोइरालाले बाँके क्षेत्र नम्बर ३ वाट संबिधान सभाको निर्वाचन लड्ने निर्णय गरेपछि असहयोगको भावना त्यागेर गौतम र हमाले एकताको हात बढाएका हुन । २०४६को जनआन्दोलनपछि २०४८ र २०५६को निर्वाचनमा कोइराला बाँके क्षेत्र नम्बर २ बाट सांसदमा विजयी भएका थिए । तर पहिलो संबिधान सभा निर्वाचनमा कोइरालाले नाराम्रो संग पराजय भोग्नु पर्यो । 'हार जित ठूलो कुरा हैन' कोइराला भन्छन्,' कुरा लोकतन्त्र र बिकासको हो ।' त्यसैले पछिपरेको पश्चिमको विकासका लागि बिराटनगर छाडेको कोइरालको दाबी छ । कोइराला सत्ता र शक्तिभन्दा टाढा रहेको बताएका छन् । सत्तामा पुगेका धेरै कांग्रेसीको भन्दा कोइरालाको जीवन शैली निकै फरक देखिन्छ । नेपालगन्ज स्थित निबासमा सत्ता र शक्तिको कुनै प्रभाव देखिदैन । उनी बस्ने घर दिन प्रतिदिन जीर्ण हुदै छ । धन सम्पत्ति प्रतिको मोह छैन । 'म मरे भने के लिएर जान्छु ?' कोइरालाले भने,' राष्ट्र र जनताको हित कसरी हुन्छ त्यता तिर सोचौ ।' २०४६मा प्रजातन्त्रको पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रहलाइ उनले अस्वीकार गरेको बताए । २००७ सालपछिका लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास -भारत)मा बिताए । समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ । २०३६ सालमै कांग्रेसको केन्द्रीय सदस्य भए । कोइराला गृहनगरबाट चुनाव लडने भएपछि धेरै राजनीतिक दलको चासो बढेको छ । नेपालगन्जमा सुशीलले २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाएका थिए । बीपीको निधानपछि सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न कोइरालाले युरोप र अमेरिका भ्रमण गरेका थिए । त्यति बेला पनि युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए । 'त्यहि त्याग र निष्ठाको अहिले मुल्याङकन हुदै छ' महासमिति सदस्य हुर्मत न्यौपानेले मूल्याङकनका कारण स्पष्ट पार्दै भने,'भावि प्रधानमन्त्रीको रुपमा हेरिएकाले पनि कोइरालाको पक्षमा कांग्रेसीहरु एकमत भएका छन् ।' दसैमा गृहनगर पुगेको कोइराला निबासमा जाँदै नजाने बिरोधी खेमाका नेता र कार्यकर्ताको भिडभाड देखिन्थ्यो । देउवाले आफना पक्षधरलाई समेत कोइराला संग मिलेर जान निर्देशन दिएको सम्बद्ध स्रोतले बतायो । जसका कारण कोइरालाको गृहनगर पहिले जस्तो असयोगी देखिएको छैन ।
Add caption
Share this article
:
0 comments:
Speak up your mind
Tell us what you're thinking... !
Newer Post
Older Post
Home
Popular Posts
Home
About Us
bichitra
New Single
Music News
Full Album
Support :
Original Design by
Creating Website
Modified by Dip
0 comments:
Speak up your mind
Tell us what you're thinking... !