Headlines News :
Home » » ज्योतिषले भविष्यवाणी गरे, प्रचण्ड चुनाव हार्दैछन्

ज्योतिषले भविष्यवाणी गरे, प्रचण्ड चुनाव हार्दैछन्

Written By khabarraftar on Oct 7, 2013 | Monday, October 07, 2013

prachanda puspeकाठमाडौं। वरिष्ठ ज्योतिषविद् अंगीरस न्यौपानेले संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने, एमाओवादी दोस्रो र एमाले तेस्रो हुने भविष्यवाणी गरेका छन्। आफ्नो भविष्यवाणीबारे तरुणसाग कुराकानी गर्दै वरिष्ठ ज्योतिषविद् न्यौपानेले भने– ‘नेपाली कांग्रेस धेरै अगाडि आउनेछ, एमाओवादी र एमालेबीच सिटको अन्तर खासै रहने स्थिति छैन। चुनावपछि सबै दलको सहमतिमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने योग छ।’
राजनीतिक दलका शीर्ष नेताहरूमध्ये क–कसले चुनाव जित्लान्? भन्ने तरुणले राखेको प्रश्नको उत्तरमा वरिष्ठ ज्योतिषविद् न्यौपानेले भने– ‘आफ्नो जन्मस्थान र परम्परागत निर्वाचन क्षेत्र नेताहरूका लागि अनुकूल देखिादैन। शेरबहादुर देउवा र झलनाथ खनालको सिद्ध योग परेका कारण यी दुवैले आफ्नो जन्मास्थान र पुरानो निर्वाचन क्षेत्रबाट झिनो मतले चुनाव जित्ने सम्भावना देखिन्छ, तर अरु कुनै पनि शीर्ष नेताले पुरानो र जन्मस्थानको क्षेत्रबाट चुनाव जित्दैनन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं १० बाट, कांग्रेस सभापति सुशील कोइरालाले बाँके ३ बाट, एमाले वरिष्ठ नेता माधव नेपालले रौतहट १ बाट चुनाव हार्ने सुनिश्चित रहेको उल्लेख गर्दै ज्योतिषविद् न्यौपानेले भने– ‘आफ्नो जन्मस्थान वा पुरानो निर्वाचन क्षेत्रभन्दा पूर्वी दिशाको निर्वाचन क्षेत्रमा गएर चुनाव लड्ने नेताहरूका लागि अनुकूल रहेको छ, पश्चिम दिशाको निर्वाचन क्षेत्रमा गएर चुनाव लड्ने नेताहरूका लागि प्रतिकूल छ, उत्तर या दक्षिण दिशातर्फ गएर चुनाव लड्ने नेताले ज्यादै कष्टपूर्ण रूपमा झिनो मतअन्तरले चुनाव जित्ने स्थिति देखिन्छ।’
‘आफ्नो जन्मस्थान र पुरानो निर्वाचन क्षेत्रपूर्वको निर्वाचन क्षेत्रबाट चुनाव लडेका कारण एमाओवादी अध्यक्ष प्रचण्डले सिरहा क्षेत्र नं. ५ बाट चुनाव जित्छन्। कांग्रेस सभापति कोइरालाले चितवन ४ बाट चुनाव जित्छन्, वरिष्ठ नेता देउवाले कैलालीबाट चुनाव जित्छन्। तर आफ्नो जन्मस्थानभन्दा पश्चिमतर्फ गएर चुनाव लडेका कारण एमाले अध्यक्ष झलनाथ खनालले सर्लाही १ बाट र बाबुराम भट्टराईले रूपन्देही ४ बाट चुनाव जित्न मुस्किल छ, हार्ने सम्भावना बढी देखिन्छ,’ न्यौपानेले भविष्यवाणी गरे। आफ्नो पुरानै निर्वाचन क्षेत्र काठमाडौं २ बाट चुनाव जित्न एमाले वरिष्ठ नेता नेपाललाई ज्यादै कष्ट भए पनि थोरै मतले जित्ने सम्भावना रहेको उल्लेख गर्दै न्यौपानेले भने– कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले नेता केपी ओली बडो मुस्किलले चुनाव जित्छन्। कांग्रेस  महामन्त्री कृष्ण सिटौलालाई चुनाव जित्न गाह्रो छ, गगन थापाले सानदार मतले चुनाव जित्छन्, वामदेव गौतमले प्युठानबाट हारे पनि बर्दियाबाट जित्छन्। एमाओवादीका वरिष्ठ नेता भट्टराईको स्थितिबारे भविष्यवाणी गर्दै न्यौपानेले भने– आफ्नो जन्मस्थान र पुरानो निर्वाचन क्षेत्रभन्दा पूर्व गएर लडेका कारण गोरखा १ बाट सानदार मतले चुनाव जित्छन्, रूपन्देहीको सट्टा काठमाडौं रोजेको भए चुनाव जित्थे, तर रूपन्देहीबाट चुनाव जित्ने स्थिति छैन।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip