विराटनगर, ११ कात्तिक/ संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका
उम्मेदवारहरूलाई जिताउने उद्देश्यसहित प्रजातान्त्रिक पेशागत समूहले सुरु
गरेको अभियान अन्तर्गत आज विराटनगरमा आमसभा हुँदै छ ।
दिउसो २ बजे सहिद मैदानमा हुने आमभासलाई समूहमा आबद्ध संस्थाका प्रतिनिधिहरूले सम्बोधन गर्ने छन् । त्यस्तै, मोरङ र आसपासका उम्मेदवार तथा कांग्रेस नेताहरूले पनि आमसभालाई सम्बोधन गर्ने नेपाल प्रेस युयिनका महासचिव शिव लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान एघार बजे सुनसरीको सदरमुकाम इनरुवामा पनि समूहले भेटघाट कार्यक्रमको आयोजना गरेको छ । समूहमा नेपाल प्रेस युनियनसहित नेपाल प्राध्यापक संघ, नेपाल चिकित्सक संघ, निजामति कर्मचारी युनियन, डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल शिक्षक संघ लगायतका संस्था आबद्ध छन् ।
यसअघि समूहले हिजो धनुषाको जनकपुरमा आमसभाको आयोजना गरेको थियो । समूहले भोलि चितवनको नारायगढ, त्यसपछि पोखरा र धनगढीमा पनि सभा हुने जनाएको छ ।
यसैबीच, प्रहरीले काठमाडौंको कीर्तिपुर नेकपा–माओवादीको कार्यालयमा आज बिहानै छापा मारेको छ ।
प्रहरीले माओवादीको कार्यालयबाट निर्वाचन बहिष्कारका लागि तयार पारिएको सामग्री बरामद गरेको छ ।
source nepalbani network

0 comments:
Speak up your mind
Tell us what you're thinking... !