Headlines News :
Home » » गगनसँग हार्ने डरले गोली समेत पड्काउन पासाङको निर्देशन; प्रहरी प्रमुख राना पासाङकहाँ

गगनसँग हार्ने डरले गोली समेत पड्काउन पासाङको निर्देशन; प्रहरी प्रमुख राना पासाङकहाँ

Written By khabarraftar on Oct 29, 2013 | Tuesday, October 29, 2013

काठमाडौं, १२ कात्तिक । नेपाली काँग्रेसका युवा नेता गगन थापाको पक्षमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतस्फुर्त रुपमा स्थानिय बासिन्दाहरु उभिएपछि गगनका प्रतिस्पर्धी एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले चुनावमा छापामार शैली अपनाएका छन्। पासाङले कपन क्षेत्रमा एक दर्जन भन्दा बढी फ्ल्याट भाडमा लिई भाडाकै कायकर्ता र पूर्व लडाकुलाई राखेर चुनावी प्रयोजनका लागि उनीहरुलाई प्रशिक्षण दिइरहेको कपनबासीले बताएका छन्। उनीहरुका लागि पासाङले मोटरसाइकलमा पेट्रोल, खानाका लागि क्याटरिङको ब्यवस्था र बस्नलाई फ्ल्याट ब्यवस्था गरेका कारण राजधानीका अधिकांश आपराधिक समुहहरुको पनि कपनमा ओइरो लागेको समाचार जनप्रहार साप्ताहिकले छापेको छ।

निर्वाचन आचारसहिंता विपरित पासाङले एक फ्ल्याटमा दश जनाको समुह बनाउँदै उनीहरुलाई हतियार समेत उपलब्ध गराएको स्रोतको दावी छ। स्रोत भन्छ–‘आवश्यक परे गोली पड्काउ, परेको म ब्यहोर्छु भन्दै पासाङले कार्यकर्ताहरुलाई निर्देशन दिने गरेका छन्।’ तर कपन पुगेका अधिकांश समुहले एक जना बराबर एक लाख रुपैयाँ माग गरेपछि पासाङ हच्किएका हुन्।

यसैबीच, कार्तिक ३० गते अवकाश पाउन लागेका आईजीपी कुँवेरसिंह राना गत बुधबार कपनस्थित पासाङको निवासमा किन पुगे भन्ने विषयले प्रहरी संगठनभित्रै खुल्दुली मच्चिएको छ। बुधबार दिउँसो ४ बजे प्रहरी पोशाकमै गाडिमा झन्डा हल्लाउँदै आईजीपी राना पासाङको निवासमा २० मिनेट बसेर फर्किएका थिए। यो विषयलाई लिएर प्रहरीका उच्च अधिकारीहरुले आइजीपी रानाप्रति चरम आक्रोश ब्यक्त गरेका छन्। अवकाश हुने मितिलाई मध्यनजर राखि म्याद थप गर्नका लागि राना पासाङको चाकडी गर्न पुगेको हुन सक्ने असन्तुष्ट एक डीआईजीले बताए। स्रोतका अनुसार चुनावमा आफुलाई सहयोग गर्ने सहमति भएमात्र म्याद थपका लागि अध्यक्ष प्रचण्डसँग बार्ता गर्ने पासाङले बताएपछि आइजीपी रानाले सहयोग गर्ने बचन दिएर फेरी भेटौंला भन्दै फर्किएका थिए। पासाङको निवासबाट फर्कने क्रममा घर बाहिर रहेका पासाङका छोरा दिपेशले नमस्कार अंकल भन्दै रानालाई संवोधन गरेपछि रानाले के छ बाबु ? भन्दै हात मिलाएर बाहिरिएको एक प्रत्यक्षदर्शी बताए।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip