पार्टीका अन्य नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने अरुकै निर्वाचन क्षेत्रमा भोट माग्दै बढी घुमिरहेका छन् । १३ दिनयता उनी २६ जिल्लाका फरक फरक निर्वाचन क्षेत्रमा पुगेका आजको नयाँ पत्रिकामा खबर छ ।
प्रचण्डले देशदौडाहा गरेर जनताको ‘मुड’ जान्न खोजेको बताएका छन् । मंगलबार काठमाण्डौं १ को चुनावी सभालाई सम्बोधन गर्दै आफू दुईसय ४० निर्वाचन क्षेत्रको उम्मेदवारजस्तो भएको बताएका थिए ।
उनी २ देखि १३ कात्तिकसम्म २६ जिल्ला पुगेर चुनाव प्रचारका ४४ कार्यक्रममा सहभागी भएका छन् । यसबाहेक कार्यकर्तासँगको भेटघाट पनि उत्तिकै जारी राखेका छन् ।
संविधानसभा निर्वाचनका लागि पार्टीले तयार पारेको प्रतिवद्धतापत्र २ कात्तिकमा काठमाण्डौंमा सार्वजनिक गरेलगत्तै प्रचण्डले आफ्नो चुनावी यात्रा सुरु गरेका थिए । प्रतिवद्धतापत्र काठमाण्डौंमा सार्वजनिक गरेकै दिन प्रचण्डले बाजुरा र अछाम पुगेर भिन्नाभिन्नै चुनावी सभालाई सम्बोधन गरेका थिए ।
प्रचण्ड जुन जिल्ला पुग्छन् नेकपा-माओवादीले त्यही जिल्ला बन्द गर्दै आएको भएपनि उनी निर्वाचन आचार संहिताको धज्जी उडाउँदै हेलिकप्टरमा मात्र ३२ लाख स्वाहा गर्दै भएपनि कार्यक्रममा भाग लिएकै छन् ।
-
0 comments:
Speak up your mind
Tell us what you're thinking... !