काठमाण्डु, २६ असोज– बडादसैँको आठौँ दिन आज नेपालभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ । यस उपलक्ष्यमा दसैँघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिमा बलि चढाउने र पूजाआराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । यसैगरी गोरखाको मनकामना, नवलपरासीको दाउन्ने, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा,
नुवाकोटको भैरवीलगायतका मन्दिरमा पनि शक्तिस्वरुपा भगवतीको पूजाअर्चनाका लागि श्रद्धालुको भिड लागेको छ । महाअो प्रतीकका रपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै कलपुर्जा, हातहतियार र सवारीसाधन सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ । पशुबलि नचढाउनेहर पनि आजको दिन जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।
Home »
» बडादसैंको आठौं दिन आज महाअष्ठमी पर्व मनाइंदै
बडादसैंको आठौं दिन आज महाअष्ठमी पर्व मनाइंदै
|


0 comments:
Speak up your mind
Tell us what you're thinking... !