Headlines News :
Home » » रसायनशास्त्रलाई साइबरस्पेसमा पुर्‍याउने तीन बैज्ञानिकलाई नोवेल पुरस्कार

रसायनशास्त्रलाई साइबरस्पेसमा पुर्‍याउने तीन बैज्ञानिकलाई नोवेल पुरस्कार

Written By khabarraftar on Oct 9, 2013 | Wednesday, October 09, 2013


रासायनिक प्रक्रियालाई कम्प्युटरको पर्दामा सजिव रूपमा देखाउन (सिमुलेट) कम्युटर विधि तयार पार्ने तीन जना वैज्ञानिकलाई यसवर्षको नोवेल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ ।




अमेरिकी–अस्ट्रियाली नागरिक मार्टिन कारप्लस, अमेरिकी–बेलायती–इजरायली नागरिक माइकल लेभिट तथा अमेरिकी–इजरायली नागरिक आरिए वार्सेललाई जटिल रासायनिक प्रणालीको नमुना बहुस्तरमा विकास गरेको भनी सम्मान गरिएको नोबेल पुरस्कार निर्णायक समितिले जनाएको छ ।

नोवेल पुरस्कार समितिले यी तीन वैज्ञानिकले अनुसन्धानलाई साइबरस्पेसमा लगेकाले सम्मान गरिएको उल्लेख गरेको छ ।

अहिले रसायनशास्त्रीहरू आफ्ना जटिल अनुसन्धानलाई कम्प्युटरमा सजिव रूपमा सम्पन्न गर्छन् र यी तीन बैज्ञानिकले सन् १९७० देखि यस विषयमा काम थालेका थिए । उनीहरुको आविस्कारले औषधिको ढाँचा, नयाँ औषधि, सफा उर्जा स्रोत वा राम्रो उत्पादन तयार गर्न सहयोग गरिरहेको छ ।

यी तीन वैज्ञानिकले रासायनिक प्रतिक्रियाको अनुमानित कम्प्युटर नमुना तयार गरी त्यसैको आधारमा शास्त्रीय भौतिकशास्त्रलाई क्वान्टम भौतिकशास्त्रसँग आवद्ध गरिदिएका छन् ।

नोबेल एकेडेमीले सन् २०१३ मा यी वैज्ञानिकहरूले तयार गरेको कम्प्युटर नमुना शक्तिशाली औजार भएको बताएको छ । समितिले यी वैज्ञानिकले मानवको ज्ञानलाई कति अगाडि लैजान्छन् भन्ने कुरा भविष्यले मात्र बताउनसक्ने उल्लेख गरेको छ ।

८३ वर्षीय कारप्लस फ्रान्सको पूर्वी भागमा अवस्थित स्ट्रासवर्ग विश्वविद्यालय तथा हार्वड विश्वविद्यालयमा कार्यरत छन्, भने ६६ वर्षीय लेभिट स्टानफोर्ड विश्वविद्यालयमा कार्यरत छन् । त्यस्तै ७२ वर्षीय वार्सेल सदर्न क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत छन् ।

उनीहरूले ८० लाख स्विडिस क्रोनर (१२ लाख ५० हजार अमेरिकी डलर) को रसायन शास्त्रको नोवेल पुरस्कार संयुक्तरुपमा प्राप्त गरेका हुन् । गत वर्ष यो पुरस्कारको राशि एक करोड क्रोनर रहेको थियो भने गत वर्षको आर्थिक सङ्कटका कारण यसको मूल्य घटेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip