Headlines News :
Home » » बागी उम्मेदवारमाथि कडा कारबाही हुन्छ: काँग्रेस सभापति

बागी उम्मेदवारमाथि कडा कारबाही हुन्छ: काँग्रेस सभापति

Written By khabarraftar on Oct 9, 2013 | Wednesday, October 09, 2013

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका सबैमाथि कारबाही हुने बताएका छन् ।



प्रेस युनियन चितवनले २३ असोजमा भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले आधिकारिक उम्मेदवारविरुद्ध बागी भई लड्नेलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने सम्भावना नभएको बताए ।

आफूले उम्मेदवारी दिएको चितवनको निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्व जिल्ला सभापति विकास कोइरालाले उम्मेदवारी दिएका छन् ।

काँग्रेसको विधानमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निलम्बन गरिने उल्लेख छ । चितवन क्षेत्र नम्बर ३ र ४ बाट बागी उम्मेदवारी दिएका विकास कोइरालाले क्षेत्र नम्बर ३ बाट भने अन्तिम समयमा मनोनयन फिर्ता लिएका थिए । पार्टी सभापति कोइरालाले जिल्लाका पाँचै क्षेत्रमा विजय हासिल गर्न विभिन्न तह र तप्कासँग छलफल गर्ने पनि बताए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Original Design by Creating Website Modified by Dip