२२ असोज, कास्की । उनी जापानमा बस्छिन् । त्यहाँ सुत्केरी हुन गुणस्तरीय सेवा नहुने कुरै भएन । तर हिरोमी ताकाहासी भने सुत्केरी हुनकै लागि कास्कीको स्थानीय उपस्वास्थ्य चौकीमा आइन् । थत भर्दौ २४ गते चौकीमा अनमीद्वय कमला थापा र सरस्वती रानाले ताकाहारीको सुरक्षित सुत्केरी गराए । छोरी जन्मिन् ।
‘कमला दिदीको अनुभव, क्षमता र ज्ञानबाट प्रभावित भएर जापानको सुविधा छाडेर सुत्केरी हुनका लागि मात्रै आएँ,’ ताकाहसीले भनिन्, ‘यहीँ सुत्केरी हुने इच्छा पुरा भएकोमा खुसी छु ।’ ४ वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको स्वयमसेविका भएर आएका बेला स्वास्थ्यकर्मीसँग हिमचिम बढेको र सेवाप्रतिको इमानदारीले प्रभावित भएको ताकाहसीले बताएको खबर कान्तिपुर दैनिकले छापेको छ । जापानमा अत्याधिक उपकरणको प्रयोग हुने तर यहाँ हातबाट गराउने भएकाले प्रभावकारी लागेको र आफू यहीँ आएको उनले बताइन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !